मेचीनगरमा मदिराजन्य वस्तुको विक्री वितरण बेलुका आठ बजेसम्म


मेचीनगर ।  मेचीनगर नगरपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ ।

नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरुबीचको छलफलले हिन्दुहरुको महान चाड वडा दशै दिपालवीसहित अनय पर्वलाई सु–व्यवस्थित गर्न गराउन व्यवस्थापन मिलाई सम्वन्धित सरोकारवाला निकायहरुवाट प्रभावकारी कार्यान्वयन गर्ने गरी विभिन्न १७ वटा निर्णय भएको बताईएको छ ।

छलफलले अनावश्यक भीडभाड हुने मेला, उत्सवको आयोजना नगर्ने नगराउने, अनाधिकृत रुपमा मूल्य वृद्धि, कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि लगायत अन्य अवान्छित आर्थिक क्रियाकलाप सञ्चालन नगर्ने नगराउने , तास, जुवा, डाइस जस्ता निषेधित कार्य नगर्न सार्वजनिक सूचना गर्ने , मदिराजन्य वस्तुको विक्री वितरण रात्रीको आठ वजे सम्म मात्र गर्न गराउन समय निर्धारण गर्ने, मदिराजन्य वस्तु सेवन गरी असहज तवरले चाडपर्व मनाउने लाई लाई निरुत्साहित गर्ने । शान्तिपूर्ण एवम् मर्यादित वनाउन सवैमा अनुरोध गर्ने ,चाडपर्वको अवसरमा हुन सक्ने अवान्छित गतिविधिलाई न्यूनिकरण एव्म नियन्त्रण गर्न गराउन सुरक्षा निकायहरुवाट भईरहेको विशेष सुरक्षा व्यवस्था लाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

छलफलले सवारी साधन सञ्चालन, पार्किङ तथा ब्यवस्थापनका सन्दर्भमा यस पूर्व भएका निर्णयहरु पूर्ण रुपमा कार्यान्वयन गर्न सबै ब्यवसायी, ब्यवसायिक संघ संस्थाहरु वीच प्रभावकारी सहकार्य समन्वय गर्ने, ट्राफिक व्यवस्थापनलाई सु–व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई थप सक्रिय वनाउन अनुरोध गर्ने , आकस्मिक सेवा सम्वन्धमा आवश्यक पर्ने दमकल, एम्वुलेन्स जस्ता साधनहरु दुरुस्त राख्ने व्यवस्था मिलाउने, कोभिड १९ संक्रमण रोकथाम नियन्त्रणका लागि नेपाल सरकारबाट तोकिएका स्वास्थ्य सुरक्षणका उपायहरु अवलम्बन गर्न भैरहेको सचेतानामूलक प्रचार प्रसारलाई थप प्रभावकारी वनाउन सबै सरोकारवाला निकायहरुबाट कार्यान्वयन गर्ने गराउने , सार्वजनिक सवारी भाडा दर सम्बद्ध सरोकारवाला संघ संस्था मार्फत सार्वजनिकिकरण गर्ने ब्यवस्था मिलाउने, सूचना प्रवाहलाई प्रभावकारी वनाउन सबै सुरक्षा निकाय एवम् सम्वद्ध निकायहरुको सम्पर्क नम्वरहरुलाई सार्वजनिक सूचना प्रवाहको व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।

चाडपर्वको अवसरमा झिलिमिलि एवम् दिपावली गर्दा विद्युत अवरोध हुने सम्भावनालाई मध्यनजर गर्दै नियमित विद्युत आपूर्ति व्यवस्थापन गर्न विद्युत प्राधिकरण धुलाबारी र काँकरभिट्टा शाखालाई अनुरोध गर्ने,पटका एवम् आतिशवाजीका सामाग्रीको प्रयोग निरुत्साहित गर्न पहल गर्ने, सार्वजनिक महत्वका स्थानहरु सडक, वन, विद्यालय, पार्क, वजार लगायका स्थलहरुमा छाडा पशु चौपाया नछोड्न सूचना प्रवाह गर्ने कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रणका लागि स्वास्थ्य सुरक्षणका लागि तोकिएका सम्पूर्ण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न भइरहेको प्रयासलाई थप प्रभावकारी रुपमा सबै सरोकारवाला निकायहरुबाट सहकार्य समन्वय गर्ने र उपरोक्त निर्णयहरु कार्यान्वयन गर्न गराउन प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरु र स्थानीय सुरक्षा निकायको प्रमुख, राजनैतिक दलका प्रमुखज्यूहरु, मेची उद्योग वाणिज्य संघ लगायत ब्यवसायिक संघ संस्थाको विशेष समन्वयमा अनुगमनको व्यवस्था मिलाउने बताइएको छ ।

छलफललका निर्णयहरुलाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारीरुपमा कार्यान्वयन भए नभएको अनुगमन गर्न र कार्यान्वयनमा लागि दिन नगरप्रमुख विमल आचार्यले आग्रह गरेका छन् । उपप्रमुख मनिा पोखरेल उप्रेतीले चाडपर्वलाई आफ्नो मौलिक परम्पराका रुपमा आत्मसाथ गर्न नगरवासीमा आव्हान गरिन् ।

छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, धुलावारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन सुवेदी, गोपाल गुप्ता, मेचीनगर होटल व्यवसायी संघका रामबहादुर तामाङ, ट्राभल संघ झापाका अध्यक्ष निरकुमार कार्की नेत्र, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राई,  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईलगायतको सहभागिता रहेको थियो ।