सुपुत्रीको जन्मोत्सवमा सोम ओझाद्वारा गुरुकुलाई सहयोग


सहरेडाँगी ।  हर कोहिको जीवनको अत्यन्तै विशेष दिन जन्मदिन हो । वाहिरी संस्कृतीको प्रभाव तथा देखासिखीका कारण अन्य चाडपर्व जस्तै जन्मदिन पनि महंगो र भड्किलो बन्दै गएको छ । तर मेनपा १० निवासी हलेसी मेडिकल हलका संचालक सोम ओझाले आफ्नो सुपुत्री सिद्धिका ओझाको प्रथम जन्मोत्सव बुधबार फरक ढंगले मनाए ।

वर्तमान परिपेक्ष्यमा जन्मदिनको दिन पार्टी गर्ने ,भोज गर्ने , केक काटी मैमबत्ती निभाएर जन्मदिन मनाउने चलन छ । तर धार्मिक आस्थावान ओझाले मेनपा १२ मा अवस्थित माधव संस्कृत विद्याश्रममा दिप प्रज्वलन गरि ब्राह्मण बटुकहरुलाई रु २५ हजार बराबरको ५ खाट सहयोग गरि सुपुत्रीको जन्मदिन मनाए ।

चाराली जेसिजको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विध्याश्रमका अध्यक्ष डिल्लिराम भण्डारी , चाराली जेसिजका अध्यक्ष सन्तोष न्यौपाने सहित बोडका सम्पुर्ण सदस्यहरु, पुर्व अध्यक्षहरु, लायन्स क्लव चारालिका अध्यक्ष हरि न्यौपाने, संचारकर्मी उमेश खतिवडा, दिलिप थापा लगायत स्थानिय समाजसेविहरुको वाक्लै उपस्थिती रहेको थियो ।

ब्राह्मण बटुकहरुले वेदका मन्त्रद्वारा स्वस्तिवाचन सकेपछि आध्यात्मिक चेतका धनी ओझाले पुर्वीय संस्कारलाई सबैले अंगालेर यसै गरि फरक शैलीबाट जन्मोत्सव मनाउन समेत आग्रह गरे ।

विद्याश्रममाका प्राचार्य पं पुण्य प्रसाद रिजालले शास्त्रमा पनि आफुले कमाएको १० प्रतिशत रकम दान गर्नु भनी उल्लेख गरिएको बताउदै ओझाको कार्यलाई मुक्तकण्ठले प्रशंसा गरे ।

औपचारिक कार्यक्रमको संचालन विद्याश्रममामा सचिव मधु निरौलाले गरेका थिए । वास्तवमा ओझाको यो कार्य साच्चै नै प्रसंसनिय छ । यस्ता अभ्यासले बालबालिकाको मनोविज्ञानमा समेत अत्यन्तै सकारात्मक र उत्प्रेरणामुलक प्रभाव पदर्छ ।