युवा संघ मेचीनगर–३ को अध्यक्षमा पौडेल

इटाभट्टा । युवा संघ मेचीनगर–३ को अध्यक्षमा एलिस पाैडेल सर्वसम्मत भएका छन् । शनिवार आयोजित एक कार्यक्रमका बिच एलिस पौडेलको अध्यक्षमा २९ सदस्य कमिटी गठन गरिएको हो ।
कमिटी उपाध्यक्ष प्रनिता पोख्रेल, सचीव मनोज सुब्बा, सहसचिव मिलन राई, कोषाध्यक्ष काजी मेचे चयन भएका हुन् ।
युवा संघ नेपालका प्रदेश कमिटी सदस्य दिपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, युवा नेता प्रबिन भण्डारी, जीवन राई, किशोर भट्टराई, नेकपा एमालेका नेता छोट बहादुर राईलगायतको उपस्थिति थियो ।
नेकपा एमाले मेचिनगर–३ को निर्णय अनुसार युवा संघ नेपालको वडा कमिटि गठन गरिएको एमाले जिल्ला झापा सचिवालय सदस्य टीका मंग्रातीले बताए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...