क्षेत्र ‘ख’ सभापतिमा दबेदार रिमालले सार्वजनिक गरे ११ बुँदे प्रतिवद्धता
धुलाबारी । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत क्षेत्र नं.१ प्रदेश सभा ‘ख’ को सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका वडा नम्बर १२ सहरेडाँगीका काँग्रेस युवा नेता विष्णुप्रसाद रिमालले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
धुलाबारीमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रिमालले आसन्न अधिवेशन केन्द्रित प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
रिमालले सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा केही महत्वकांक्षी योजनाहरु समेत समेटिएको छ । आफ्नो उम्मेद्वारी किन रु भन्ने तथ्यलाई गहकिलो बनाउँन रिमालले प्रतिवद्धता पत्रमा ११ वटा बुँदाहरु समावेश गरेका छन् ।
जसमा आगामी दिनमा हुने तीनै तहका निर्वाचन जिताउन दृढताका साथ लाग्ने उल्लेख गरेका छन् । जसका लागि उनले प्रदेश क्षेत्र भित्रका भातृ संस्थाहरुलाई सवल, सक्षम र सुदृढ बनाउन लागि पर्ने बताएका छन् ।
त्यसैगरी पार्टीको विधानले तोकेका सम्पूर्ण समितिहरु निर्माण गरी संगठन विस्तार गर्न तथा विभिन्न विभागहरु गठन गरी पार्टीका सम्पूर्ण सदस्यहरुलाई उचत जिम्मेवारी दिने वातावरण तय गर्ने प्रतिवद्धता जनाएका छन् ।
आम जनसरोकारका विषयमा पार्टीको तर्फबाट सशक्त आवाज उठाउने, आम कार्यकर्ताहरुको मनोबल उच्च बनाउँदै सामूहिक नेतृत्व तथा निर्णय प्रणालीको विकास गर्ने उल्लेख छ ।
त्यस्तै स्थानीय संघ संस्थाको नेतृत्वमा आफ्ना पार्टीका नेता, कार्यकर्तालाई पुर्याउन पहल गर्ने बताउँदै रिमालले आफ्नो प्रतिवद्धता पत्रमार्फत राजनीति पेशा नभई सेवा भएकाले सम्पूर्ण कार्यकर्तालाई पेशा व्यवसायमा असर नगर्ने गरी राजनीतिमा लाग्न अनुरोधसमेत गरेका छन् ।
पत्रकारहरुसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रका सम्पूर्ण प्रतिनिधिहरु सँग नियमित सम्पर्कमा रहेको बताउँदै आफूलाई सबैको साथ रहेने दाबी गरेका छन् । उनले खट्न सक्ने तथा आवश्यक पर्ने समय पार्टीका निमित्त उपलब्ध गराउन सक्ने उम्मेद्वारको रुपमा आफूलाई उभ्याएको बताए ।
करीब दुई दशकअघि मेची बहुमुखी क्याम्पस भद्रपुरको नेविसंघ इकाइ सभापति हुँदै राजनीति यात्रा सुरु गरेका रिमाल सोही समयदेखि नेपाली काँग्रेसमा क्रियाशील छन् । हाल उनी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ को क्षेत्रीय सचिव छन् ।
मेचीनगर वडा नम्बर १२ सहरेडाँगी निवासी रिमाल युनिक इङ्लिस बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल हुन् ।
विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व लिइ सकेका रिमालले राजनीति शास्त्रमा स्नातकोत्तर तह पुरा गरेका छन् ।
पत्रकारिता क्षेत्रमा समेत आफूलाई आवद्ध गराएका रिमालका विभिन्न पत्रपत्रिका तथा न्यूज पोर्टलहरुमा नियमित आलेख प्रकाशित हुँदै आएका छन् ।
काँग्रेसको प्रदेश सभाअन्तर्गतको क्षेत्रीय अधिवेशन असोज १२ गते हुँदैछ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
