क्षेत्रिय ‘क’ को सभापतिमा नेता बुढाथोकीको उमेद्वारी घोषणा


इटाभट्टा । सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो । पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ ।
वडा तहको निर्वाचन सम्पन्न भइसकेको छ । नगर र क्षेत्रको निर्वाचन संघारमा छ । यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।

यसैक्रममा झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘क’ को सभापतिका लागि नेपाली काँग्रेसका सक्रिय नेता हरि बुढाथोकीले उम्मेद्वारी घोषणा गरेका छन् । खबरमञ्च साप्ताहिकसँग कुराकानी गर्दे बुढाथोकीले झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘क’ को सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

२०४४ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस समितिबाट राजनिति सुरु गरेका बुढाथोकीले सफलता पूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । बुढाथोकीसँग नेपाली काँग्रेसको १० औं र ११ औं अधिवेशनबाट पुन क्षेत्रिय सदस्य निर्बाचित, १२ औं र १३ औं अधिवेशनबाट दुई पटक नै क्षेत्रिय सचिबमा निर्बाचित भई कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको अनुभब छ । लामो समय क्षेत्रिय समितिमा गरेको कामको आधारमा पनि आफु क्षेत्रिय समिति नेतृत्वको दावी गरेको उनले बताए । एकृकित तथा एकठिक्का काँग्रेसको परिकल्पनाका साथ आफु सभापतिमा उम्मेद्वारी दावि गरेको उनले वताए ।

मेचीनगर–५ निवासी बुढाथोकी मेची कृषक बहुमुखी सहकारीका अध्यक्ष समेत हुन । राजनीतिक विश्लेषण गर्न सक्ने क्षमताका बुढाथोकी शैक्षिक अभियानमा पनि सामेल छन् । उनी ग्रीन भिजेज इङ्लिस बोर्डिङ स्कुल मेचीनगर–५ एकल सञ्चालक हुन् ।

मेचीनगरका १५ वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ८, १० र १५ तथा भद्रपुरको ९ गरि दुईवटा पालिकाका ११ वटा वडाबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरूले बुढाथोकीलाई मतदान गर्न पाउने छन् ।