आनाथ बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण
मेचीनगर । बाल दिवसको अबसरमा झापाको मेचीनगरमा बिविध कार्यक्रम सम्पन्न भएको छ । एकता युवा क्लब मेचीनगरले बाल दिबसको अबसरमा १ दिने स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

एकता युवा क्लबको आयोजनामा मेचीनगर–७ इटाभट्टामा रहेको जागृत बाल उद्धार केन्द्र नेपालमा रहेका १६ जना बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । केन्द्रमा रहेका १६ जना बालबालिका मध्ये ५ जनाको स्वास्थ्यमा केही समस्या देखिएको क्लबका अध्यक्ष सन्तोष धमलाले बताए । स्वास्थ्यमा केही समस्या देखिएका ती ५ जनाको स्वास्थ्य उपचारका लागि क्लवले संमन्वय गर्ने उनले बताए । हलेसी मेडिकल हल धुलाबारीले प्राबिधिक सहयोग रहेको सो कार्यक्रममा स्वास्थ्य परिक्षण बाल रोग विशेषज्ञ डा.रबिन रेग्मी गरेका थिए ।

क्लबले केन्द्रमा रहेका बालबालिकको लागि १ सय ४० थान कपी, कलम÷पेन्सिल ४० पिस, एक बोरा चामल, तीन लिटर तेल, दश केजी आलु, २० लिटर दुध, पाँच केजी चिनीलगायत खाध्यान्न सामाग्री सहयोग गरेको थियो । हलेसी हलेसी मेडिकल हल धुलाबारीले १ बन्डिल माक्ससहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

कार्यक्रममा क्लबका पूर्ब अध्यक्ष अर्जुन राजबंशी, हलेसी मेडिकल हल धुलाबारीका सञ्चालक सोम ओझा,जागृत बाल उद्धार केन्द्रका सञ्चालक सदस्य बिकास देबकोटा, आशिष पौडेल, बिरु मेचे, रबिन धिमाल, सन्देश पौडेल, चन्द्र मेचेलगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष सन्तोष धमलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब मन्जु चिमरियाले गरेकी थिइन् ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

