शनिबार १० घण्टा मेचीनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने
मेचीनगर । मेचीनगर तथा बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा शनिबार १० घण्टासम्म विद्युत प्रसारण बन्द हुने धुलावारी वितरण केन्द्रले जनाएको छ । धुलावारी सबस्टेशनबाट आपूर्ति हुने विद्युत फिडर लाइनमा परेका रुखका हाँगा काट्नु पर्ने कारण देखाउँदै केन्द्रले फरक–फरक क्षेत्रमा दुई पटक गरी १० घण्टा विद्युत प्रसारण बन्द हुने जनाकारी दिएको छ ।

धुलावारी–बाहुनडाँगी फिडरको धुलावारी, इटाभट्टा, ज्यामिरगढी, शान्तिनगर क्षेत्रहरुमा विहान ८ बजेदेखि १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
त्यस्तै काँकरभिट्टा फिडरको काँकरभिट्टा, नक्कलबन्दा क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ । काम सम्पन्न भएका जुनसुकै समयमा प्रसारण सूचारु गरिनेसमेत केन्द्रले जानकारी गराएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
