शनिबार १० घण्टा मेचीनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

मेचीनगर । मेचीनगर तथा बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा शनिबार १० घण्टासम्म विद्युत प्रसारण बन्द हुने धुलावारी वितरण केन्द्रले जनाएको छ । धुलावारी सबस्टेशनबाट आपूर्ति हुने विद्युत फिडर लाइनमा परेका रुखका हाँगा काट्नु पर्ने कारण देखाउँदै केन्द्रले फरक–फरक क्षेत्रमा दुई पटक गरी १० घण्टा विद्युत प्रसारण बन्द हुने जनाकारी दिएको छ ।
धुलावारी–बाहुनडाँगी फिडरको धुलावारी, इटाभट्टा, ज्यामिरगढी, शान्तिनगर क्षेत्रहरुमा विहान ८ बजेदेखि १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
त्यस्तै काँकरभिट्टा फिडरको काँकरभिट्टा, नक्कलबन्दा क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ । काम सम्पन्न भएका जुनसुकै समयमा प्रसारण सूचारु गरिनेसमेत केन्द्रले जानकारी गराएको छ ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...