मेचीनगरको ५७ किलोमिटर बनक्षेत्रमा सौर्य तार बार
मेचीनगर । जंगली जनावरबाट मानव बस्तीमा हुने क्षति नियन्त्रणका लागि झापाको मेचीनगरमा बिद्युतिय सौर्य तार बार लगाउन काम शुरु भएको छ । मेचीनगरको चारआली बन क्षेत्रदेखी–मागुरमाडी बन क्षेत्र अन्तरगर्तको ५७ किलोमिटरमा बिद्युतिय सौर्य तार बार लगाउन काम शुरु गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यक्रम अन्रगर्त बिद्युतिय सौर्य तार बार लगाउने कामको सूरुबात गरिएको कोषको संरक्षण अधिकृत अग्नि प्र्रसाईले जानकारी दिए । बुधावारदेखी मेचीनगरको चारआली बन क्षेत्रदेखी–मागुरमाडी बन क्षेत्रसम्मको ५७ किलोमिटरमा बिद्युतिय सौर्य तार बार लगाउन कामको डिपिआर सूरु गरिएको उनले बताए । सो कार्यको डिपिआर स्ट्रिङ इन्जिनियरिङ प्रा.लि.ले गर्ने संरक्षण अधिकृत अग्नि प्र्रसाईले बताए ।
डिपिआरको काम तत्काल सकिने र ५७ किलोमिटरमा बिद्युतिय सौर्य तार बार लगाउन काम यो बर्ष भित्रै सम्पन्न हने मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचाार्यले बताए । डिभिजन बन कार्यालय झापा, मेचीनगरमा रहेका सामुदायिक बन, स्थानियबासी लगायतको समन्वयमा डिपिआरको काम सम्पन्न गरिने नगरप्रमुख आाचार्यले बताए । यो आयोजना सम्पन्न भएपछि वर्षेनी वन्य जन्तुले खेतीबालीको अन्न नष्ट गर्ने समस्याको अन्त्य हुने बिश्वास लिइएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
