शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने
बिर्तामोड । दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शनिबार राति १२ बजेदेखि एक साता झापा जिल्ला पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिनेछ ।
हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...

