शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने

बिर्तामोड । दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शनिबार राति १२ बजेदेखि एक साता झापा जिल्ला पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिनेछ ।
हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...