मेचीनगर- १३ का वडाध्यक्षको इटा प्रहारबाट स्थानीय घाइते
झापा । झापाको मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णराज सिग्देलको आक्रमणमा परी एक स्थानीय गम्भीर घाइते भएका छन् ।
सडकमा ढल बनाउने विषयमा विवाद हुँदा सिग्देलले स्थानीय अर्जुन थेवेको टाउकोमा इटा प्रहार गरेका थिए ।
थेवेको चारआलीस्थित मनकामना अस्पतालमा प्राथमिक उपचार पश्चात बिएण्डसी हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते थेवेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
उनको टाउकोमा ६ टाँका लगाइएको छ । शुक्रबार अपरान्ह चारआलीस्थित थेवेको घर अगाडि सडकमा ढल निर्माण गर्ने बिषयमा उनीहरु बीच विवाद भएको थियोे । दुईजना बीच धकेलाधकेल भएपछि वडाध्यक्ष सिग्देलले थेवेको टाउकोमा इटा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।
आज घटनाको बिषयमा छलफल गर्ने गरि वडाध्यक्ष सिग्देललाई मेचीनगरका प्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीको रोहबरमा चार आली चौकीबाट लगिएको बताइएको छ ।
हालसम्म पीडितको तर्फबाट कुनै किटानी जाहेरी नदिइएको प्रहरीले जनाएको छ । घाइते थेबे नेपाली कांग्रेसको मेचीनगर नगर कमिटीका सचिब हुन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
