होलीबेल मावि मेचीनगरका प्रिन्सिपल अणु प्रधानको निधन

मेचीनगर । मेचीनगर–९, धुलावारीस्थित होलीबेल अग्रेजी माविका प्रिन्सिपल अणु प्रधानको निधन भएको छ ।
मृगौला प्रत्यारोपणका लागि भारतमा उपचाररत ६० वर्षीय प्रधानको मंगलबार विहान १० बजे निधन भएको विद्यालयका सहायक इन्चार्ज सुरज कार्कीले जानकारी दिए ।
करिब एक बर्षअघिदेखि दुबै मृगौला खराब भएपछि उनी मृगौलाको नियमित डायलासिस गराउँदै आइरहेका थिए । भारतको नयाँ दिल्ली अस्पतालमा उपचार गराइ रहँदा कोरोना जोखिम र संक्रमण अनियन्त्रत भएपछि अस्पतालले उपचारका लागि कलकत्ता रेफर गरेको थियो ।
कलकत्तामा रहेर उपचार गराउने क्रममा ४ हप्ता अघि उनमा कोरोनाको संक्रमणसमेत पुष्टि भएको बताइएको छ । तर, ७ दिनअघि उनी कोरोना संक्रमणमुक्त भएका थिए । सामान्य अवस्थाकै बीच मंगलबार विहान अचानक हृदयघातको समस्या भई उनको निधन भएको खबर आएको कार्कीले जानकारी दिए ।
प्रधानको अहिले कलकत्तामै दाहसंस्कार गर्ने तयारी भइरहेको जनाइएको छ । उनका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन् । मेचीनगर–९, धुलावारी सिरान अवस्थित होलीबेल अंग्रेजी मावि मेचीनगरकै उत्कृष्ट विद्यालय मध्ये एक हो । प्रधान विद्यालयका संस्थापक प्रिन्सिपल थिए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण...

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि...

मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका...

मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक...

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल...

बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक...