‘ढुङ्गागिटी घोटाला’को छानविन अन्तिम चरणमा : नगरप्रमुख आचार्य


मेचीनगर  । मेचीनगरमा नदीजन्य पदार्थ ९ढुंगा र बालुवा० विक्रीमा भएको अनियमितताको छानविन भइरहेको नगरप्रमुख विमल आचार्यले बताएका छन् ।

नगरको सभाकक्षमा आज दिउँसो नगरप्रमुख आचार्यले उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई साथमा राखेर पत्रकार सम्मेलन गरी छानविन बारे जानकारी दिए ।

‘छानविन भइरहेको छ,’ नगरप्रमुख आचार्यले भने–‘केही दिनमै छानविनको प्रतिवेदन सार्वजनिक गरिनेछ ।’

मेचीनगर नगरपालिकाले मेची र निन्दा नदीको उत्खननबाट निस्कने ढुङ्गा, गिटी र वालुवा विक्रीका लागि तीन जना जनप्रतिनिधिलाई जिम्मेवारी ९ठेक्का जस्तै० दिएको थियो ।

तर, ती जनप्रतिनिधिले विक्रीमा मनोमानी र राजस्व दाखिलामा गडबडी गरेको आरोप लागेपछि कार्यपालिकाको गत चैत २० गतेको बैठकले नगरप्रमुख आचार्यको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

समितिले अर्को उपसमिति समेत बनाएर छानविन गरिरहेको र त्यसको प्रतिवेदन नगरवासीसमक्ष सार्वजनिक गर्ने आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।

उपसमितिको संयोजकमा वडा नं। ११ का अध्यक्ष सन्तोष मेचे रहेका छन् । सदस्यमा वडा नं। १४ र १५ का अध्यक्षहरु शंकर पोखरेल र राजन भट्टराई रहेका छन् । छानविनमा नगरका कानूनी सल्लाहकार पदम डाँगीले सघाउने र आवश्यक कागजात प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

नदीजन्य पदार्थ विक्रीमा भएको मनोमानी र उठेको राजस्व अनियमितता बारेमा छानविन केन्द्रित हुने बताएका नगरप्रमुख आचार्यले नक्कली रसिद नगरपालिकामा बुझाइएको भन्ने विषयमा समेत वास्तविकता बाहिर ल्याइने जानकारी दिएका छन् ।

उनले छानविनको दायरामा को को परेका छन् भन्ने बारेमा भने बताउन चाहेनन् । ‘जो जो संलग्न छन्, सबैका बारेमा छानविन गरिने’ उनले बताए ।

राजस्व हिनामिना गर्नका लागि नक्कली रसिद बुझाइएको विषयमा ठेक्का जस्तै गरी जिम्मेवारी दिने तीन जना जनप्रतिनिधिसहित नगरपालिकाको जिन्सी र अन्य शाखा समेत छानविनमा तानिन सक्ने उनको सङ्केत थियो ।

केही दिनपछि प्रतिवेदन आउने र त्यसमा छानविन पूर्ण भएको रहेनछ भने यो विषयलाई माथिल्लो निकाय ९अख्तियार रु०मा पठाइने समेत उनले बताए ।

पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले आफु कुनै पनि अनियमितताको घटनामा संलग्न नरहेको दावी गर्दै ढुंगा बालुवा काण्डमा आफ्नो नाम समेत मुछेर कतिपय मिडिया र सामाजिक सञ्जालमा समाचार आउने गरेकोमा आपत्ति जनाए ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ओझाले पत्रकारहरुले सोधेका केही प्रश्नको जवाफ दिएका थिए भने उपप्रमुख मीना उप्रेती उपस्थित मात्र भएकी थिइन् ।