पूर्वीगृह सहकारी आइतबार र वुधबारमात्र खुल्ला रहने
धुलावारी । पूर्वीगृह बचत तथा ऋण सहकारी सस्था हप्तामा दुई दिन खुल्ला रहने भएको छ । कोरोना भाइरस दोस्रो लहरबाट जोखिम उच्च भएका कारण हप्तामा दुई दिन मात्र सेबा दिइने भएको हो ।
नयाँ भेरियन्टको कोरोना कोभिड १९ को संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा जारी गरेपछि सस्थाले दिने सेबा पनि हप्तामा दुई दिन मात्र दिइने भएको हो ।
सस्थाका मुख्य प्रबन्धक सरोज मेहराका अनुसार हप्ताको आइतबार र बुधबार मात्र बित्तिय सेबा सञ्चालन गरिने बताए । ‘आइतबार र वुधबार बिहान १० बजेदेखि १२ बजेसम्म बित्तिय सेबा सञ्चालन हुनेछ ।’ उनले भने– सस्थाका सदस्यका लागी आबश्यक्ता का आधारमा २० हजारसम्म मात्र भुत्तानी गर्न सकिने उनले बताए ।
झापाको मेचीनगर–९ मा प्रधान कार्यालय रहेको यस सहकारीको सबै शाखा कार्यालयमा समेत यो नियम लागु हुने मुख्य प्रबन्धक मेहराले बताए । हालै, गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्था मेचीनगर–९ र पूर्वीद्वार बचत तथा ऋण सहकारी सस्था मचीनगर–१० धुलावारी बिच एकिकरण भई पूर्वीगृह बचत तथा ऋण सहकारी सस्था नामाकरण भएको हो ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
