चिमरियाले मेचीनगरका विपन्न १५ घर परिवारको स्वास्थ्य बीमा गरिदिने
मेचीनगर । विषम परिस्थितिमा पनि समाजप्रति सदैव उत्तरदायी भूमिका निर्वाह गर्दै आएका मेचीनगरका समाजसेवी राजन चिमरियाले आफ्नो १८ औँ वैवाहिक वर्षगाँठ (बैशाख २७ गते) स्वास्थ्य सेवामा समर्पित गरेका छन् ।
रितिका डेरी उद्योगका सञ्चालक समेत रहेका चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारको पहिचान गरी उनीहरुको स्वास्थ्य विमा गरिदिने भएका हुन् । प्रत्येक वडाबाट एक/एक गरी १५ वटै वडाका जम्मा १५ परिवारको बीमा गरिदिन सोमबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखासँग सम्झौता गर्ने कार्यक्रम रहेको उनले बताए ।
चिमरियाले जो स्वास्थ्य बीमा गराउन नसकिरहेका परिवारको पहिचान गर्न प्रत्येक वडामा पुगेर वडाध्यक्षसँगको समन्वयमा छनोट गरिने बताए । स्वास्थ्य बीमा वापत (१५ घरपरिवार ) लाग्ने रकम ५२ हजार ५ सय रुपैयाँ सोमबार मेचीनगर प्रमुख विमल आचार्यमार्फत स्वास्थ्य शाखामा बुझाइने उनले बताए ।
सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएकाको उपचार निशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको बीमा गराए वापत एक सदस्य बराबर ३ हजार ५ सय वार्षिक बुझाउनु पर्छ । उक्त रकम बुझाएवापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।
समाजसेवी चिमरियाले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ गरिबदुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको बताए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने– ‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरेको हुँ ।’ उनले कात्तिक १६ पर्ने आफ्नो जन्मदिनको अवसरमा यसपाली पनि १५ घरपरिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् ।
चारआली–धाइजन निवासी चिमिरियाले २०६१ सालमा सुरुंगा निवासी गौरा मैनालीसँग विहे गरेका हुन् । विहे पश्चात हरेक वर्ष बैशाख २७ गते र आफ्नो जन्मदिन कात्तिक १६ गते दिनदुःखीका लागि सहयोग गर्दै आएका छन् । कहिले गरिबको घरमा छाना लगाइदिने त कहिले खाद्य सामग्री घरैमा पुगेर वितरण गर्ने गरेका छन् ।
कोरोनाकालमा गतवर्ष उनले मेचीनगरको क्वारेन्टिनमा बसेका मानिस तथा बिरामीका निम्ति दैनिक निशुःल्क दूध वितरण गरेका थिए । उनले निरन्तर दुईरतीन महिनासम्म दूध उपलब्ध गराएर सेवा दिएका थिए । सधैँ सहयोग गर्न अगाडि सर्ने चिमरिया दिनदुःखीको सेवामा लागिरहने बताउँछन् ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

