मेचीनगरमा मात्र शनिबार थप १९ जनामा कोरोना संक्रमण

मेचीनगर । मेचीनगरमा शनिबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा शनिबार झापामा मेचीनगरका १९ सहित १८९ जनामा संक्रमण पुष्टि भएको हो ।
मेचीनगरका संक्रमितहरुमा वडा नम्बर १, ४, ६, ८, ९, १० र ११ का १० महिला र ९ पुरुष रहेका छन् । संक्रमितमध्ये एक जना मोरङ र एक जना झापा गौरादहका रहेको कार्यालयले जनाएको छ ।
झापामा अन्य संक्रमितहरुमा भद्रपुरमा मात्र ४३ जना रहेका छन् । बिर्तामोडमा ३२, दमकमा २५, कनकाईमा २० र अर्जुनधारामा १६ जना रहेका छन् ।
त्यस्तै गौरादह ८, बुद्धशान्ति ७, शिवसताक्षी ६, हल्दिबारी ३, गौरीगञ्ज र कचनकबलका २,२ जना, कमल, बाह्रदशी, झापाका १,१ जना र पालिका नखुलेका ३ जना रहेको कार्यालयले जनाएको छ ।
झापामा थप दुई संक्रमितको निधन भएको जनाइएको छ । निधन हुनेमा दमक ८ का ८३ बर्षीय र बिर्तामोड ५ का ६२ बर्षीय महिला रहेको कार्यालयले जानकारी दिएको छ । झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ३७५ रहेको छ । जिल्लामा कोरोना संक्रमितको निधन संख्या १४७ छ ।

धुलाबारी । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१०...

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...