झापा महासंघ अध्यक्षमा नेम्वाङ, सिग्देल र गिरीबीच कडा प्रतिष्पर्धा


झापा । नेपाल पत्रकार महासंघ झापाको आसान्न निर्वाचनका लागि तीन जना अध्यक्ष पदका लागि दाबेदार रहेका छन् ।

आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि प्रगतिशील व्यवसायिक समावेशी राष्ट्रवादी प्यानलबाट विशाल नेम्वाङ, र व्यवसायिक पत्रकारहरुको प्यानलबाट तीर्थ सिग्देल र व्यवसायिक पत्रकारहरुको साझा प्यानलबाट एकराज गिरीको दाबेदार रहेको हो ।

उपाध्यक्षमा केशव भट्टराई, गोपाल झापाली र हिमाल खरेल, महिला उपाध्यक्षमा शुशीला संग्रौला र सावित्रा दाहालको उम्मेदवारी परेको छ । यस्तै सचिवमा डिकेश लामा, सुब्रत न्यौपाने र प्रेम आचार्यले उम्मेदवार रहेका छन् ।

सहसचिवमा खुल्ला तर्फमा राजु पाठक, विनोद सापकोटा, समावेशी सहसचिवमा अर्जुन राजवंशी र देशराज नेम्वाङको उमेद्वार रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, कोषाध्यक्षमा रञ्जित प्रसाई र रमेश तिवारीको उम्मेद्वारी परेको छ । त्यस्तै दलित सदस्यमा रञ्जीत परियार, जनजाति सदस्यमा शेसेहाङ फियाक र राजन साम्पाङको उम्मेद्वारी परेको छ ।

खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरे, विष्णुप्रसाद पौडेल, मनिषा चम्लगाई, होमप्रकाश अधिकारी, डम्वर वराल,विनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लगाई, तीलक तामाङ योन्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्य समावेशीमा सन्तोष अग्रवाल, पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी, इश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेतीले प्रदेश परिषद सदस्यमा उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी केन्द्रीय परिषद सदस्य रेजिना गौतम, भीमा शिवाकोटी, दीपिन राई, चेतन अधिकारी, गोपाल काफ्ले, कृष्ण हुमागाई र ज्ञानेन्द्र निरौलाको उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, महिला सदस्यमा स्वस्तिका आचार्य र मधेशी सदस्यमा सन्तोष गौतम निर्विरोध निर्वाचित भएका छन् ।