काँकरभिट्टा खानेपानीको अध्यक्षमा खरेलको उम्मेद्वारी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोत्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि आज उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानी उपभोत्ता तथा सरसफाई सस्थाको यही चैत २१ गते हुने निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको हो । अध्यक्ष पदका लागी चार जनाले उम्मेद्वारी दिएका छन् । जसमा काँकरभिट्टाका यूवा समाजसेवीले स्बतन्त्ररुपमा उम्मेद्वारी दिएका हुन । दिउसो करिव १ बजे उनले अध्यक्ष पदका लागी उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खरेलले काँकरभिट्टा खानेपानी सस्थालाई थप उचाई र व्यवस्थित बनाउनका लागी आफु नेतृत्व लिन चाहेको बताएका छन् । सफा, शुध्द र स्वास्थ पानी सुलभ मूल्यमा उपभोक्ता लाई वितरण गर्न का लागि आफु अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको उनले बताए । ‘सामाजिक सस्थाको नेतृत्व पाटीले गर्ने होइन स्वतन्त्र नागरिकले गर्ने हो ।’ खरेलले भने–‘उपभोक्ताले मलाई जिताउनुहुनेछ भन्नेमा मा सतप्रतिशत दुक्क छु ।’
आज नेकपा एमाले–राप्रपा गठवन्धनका तर्फबाट राजकुमार पराजुली, नेपाली काङग्रेस–माओवादी केन्द्र– जनता समाजबादी पार्टी गठबन्धनबाट हर्क फ्याक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तफृबाट लीलानाथ आङदाम्वेले अध्यक्षमा उम्मेद्वारी दर्तामा गराएका छन् ।
तस्वीर : राकेश थापा
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


