विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा नेकपा–राप्रपा एक ठाउँ
![](https://khabarmanchonline.com/wp-content/uploads/2021/02/birtamode.jpg)
बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलले उम्मेदवार घोषणा गरेको छ ।
बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो । चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा युवा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता, भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी पक्का भएको घोषणा गरियो ।
राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्की रहेका छन् ।
नेकपा नेता रोमणि भट्टराईको अध्यक्षतामा सम्पन्न संयुक्त गठबन्धनको उम्मेदवार घोषणा सभालाई नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/kb-100x100.jpg)
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/473107546_9373225672711495_8999532007380128070_n-100x100.jpg)
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/c8d40dd5-2f09-4217-b6c1-96a14e797ed7-1536x864-1-100x100.jpg)
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/2eb60aa4-a9b2-4286-8235-f5405a6c195e-100x100.jpg)
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/aa598e4e-0dda-4db3-bfa9-ad2e3e737d0b-100x100.jpg)
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/1545642995chandragadhi-airport-100x100.jpeg)
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...