बौद्धमोड सहकारीको पहिलो शाखा गाडागल्लीमा
बाहुनडाँगी । मेचीनगर–२ मा प्रधान कार्यालय रहेको बौद्धमोड कृषि सहकारी संस्थाले बिहीवारबाट गाडागल्लीमा पहिलो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गाडागल्लीमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका छन् । त्यस क्रममा प्रमुख अतिथि तामाङले भने–‘यहाँ बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह क्रमशस् बढ्दै जानुले गाडागल्ली विकासपथमा लम्किएको अनुभूति भएको छ ।’
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर–२ का वडा सदस्य सुरेश घिमिरेले भने–‘ऋण लगानी गरेर मात्र हुँदैन, ऋणीको जीवनस्तर उठेको छ की छैन, सेवाग्राहीले ऋण कसरी तिर्दैछन्, संस्थाले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’ कार्यक्रमका सभापति एवँ संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेले शाखा सञ्चालन गर्नुको औचित्यबारे प्रकाश पार्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यस्तो अवधारणा ल्याइएको बताए ।
‘प्रधान कार्यालय धाएर खाता सञ्चालन गर्न असुविधा भयो भन्ने गुनासो सेवाग्राहीबाट आइरहेको थियो’ उनले भने–‘शाखा स्थापना गर्न विविध कारणले ढिलाई भइरहेको थियो, सेवा प्रवाह अब सहज बन्छ ।’
त्यस्तै संस्थाको गाडागल्ली कार्यालय इकाई समिति सदस्य विमला ढकालले स्वागत मन्तव्य राख्दै संस्थाले सेवा क्षेत्र विस्तार अभियानअन्तर्गत शाखा स्थापना गरेको बताईन् । शाखा सञ्चालनसँगै गाडागल्ली, पाटापुर, निन्दासिरानलगायतका सेवाग्राहीलाई संस्थासँगको कारोवारमा सहजता मिल्ने उद्घाटन कार्यक्रमका सञ्चालक तथा संस्थाका व्यवस्थापक हेमन्त मोक्तान बताउँछन् ।
उद्घाटन कार्यक्रमका संयोजक एवँ गाडागल्ली कार्यालय इकाई समिति संयोजक पूर्ण देवानले मेचीनगरभर सेवाक्षेत्र विस्तार गर्ने प्रधान कार्यालयको योजना अनुसार शाखा उद्घाटन गरिएको बताए । सो अवसरमा मेचीनगर वडा नम्बर १ की सदस्य सीता विश्वकर्मा, ख्यामकुमारी कार्की, समाजसेवी हिरण्य भट्टराई, सिद्धीखोला जल उपभोक्ता समितिका सचिव इन्द्र ढकाल, गृहलक्ष्मी साकोस गाडागल्ली इकाई समिति संयोजक तिलजा देवानलगायतको आतिथ्यता थियो । २०६६ सालमा स्थापना भएको उक्त सहकारीले सञ्चालनमा ल्याएको पहिलो शाखाबाट एक हजार रुपैयाँका शेयर खरिद गरी मेचीनगर–२ का वडा सदस्य सुरेश घिमिरे पहिलो शेयरधनी बनेका छन् ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

