प्रेस संगठन प्रदेश १ संयोजकमा पोखरेल
विर्तामोड । प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेशअनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले आज पुनर्गठन गर्नुभएको हो ।
सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश –१ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सहसंयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सहइञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सहसंयोजक धर्वेन्द्र झा र किरण कर्ण हुनुभएको छ । यस्तै बागमती प्रदेशमा इञ्चार्ज हिरामान लामा, सहइञ्चार्ज देवचन्द्र भट्ट, संयोजक शरद सापकोटा, सहसंयोजक शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सहसंयोजक विद्रोही गिरी, सहसंयोजक रुद्र श्रीश मगर चयन हुनुभएको छ ।
लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सहइञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सहसंयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सहइञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक त्रिभुवन बिसी र कालिबहादुर मल्ल हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सहसंयोजक करण ताम्राकार, काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सहसंयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी हुनुभएको छ ।
प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सहसंयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक समीर बलामी र सहसंयोजक श्रीहरी थापा चयन हुनुभएको छ । केन्द्रीय सहसंयोजक चयन हुनु बाँकी छ । सङ्गठनले अब जिल्ला समिति पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
