उपमेयरको गाडीमा आजगानीको प्रयास भएपछि नेकपाले जारी गर्यो विज्ञप्ती
मेचीनगर । बिहीबार झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे.१.झ १७२ नम्बरको गाडी नेपाल विद्यार्थी संघले जलाउने प्रयास गरेको भन्दै नेकपा मेचीनगर नगर कमिटिले आज एक विज्ञप्ती जारी गरेको छ ।
‘गुण्डगर्दी शैलीमा उममेयर चढेको गाडी रोकेर तथानाम गाली गलोज गर्दै ज्यानै लिने उद्देश्यले पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरिएको घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछौं ।’ नगर अध्यक्ष माधव अर्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।
तर बुधबार साँझ नेपाल विद्यार्थीसँगले एक विज्ञप्ती जारी गर्दै गाडी रोकतोक गरेको तर उपमेयर भनेजस्तो पेट्रोले छर्किने वा जलाउने प्रयास नगरिएको बताएको छ । मेचीनगर नगरपालिकाले पनि आज नै विज्ञप्ती जारी गरेको छ ।
उपमेरले हिजो सञ्चारमाध्यमसँग कूरा गर्दै गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको बताएकी थिइन् ।
यस्तो छ नेकपाले जारी गरेको विज्ञप्ती ।

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

