दमक मालपोतमा पत्रकारमाथि जाइलाग्ने माथि छानविन हुने
मालपोत कार्यालय दमकले २ दिन अघि मालपोतमा भएको घटनाप्रति दुख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दुखद भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी पनि मागेको छ । हामिले यस बिषयलाई गम्भिर रुपमा लिएका छौ, बिज्ञप्तिमा भनिएको छ ।
मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरेमाथि हातपात तथा दूब्र्यवहार भएको बताईएको छ । यस बिषयमा मुछिएको कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण पनि सोधेको मालपोत श्रोतको भनाई छ ।
यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले पनि सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह वेवास्था गरे पक्राउ गर्न तयारी रहेको श्रोतको भनाई छ । पत्रकार महासंघ झापा लगायतका पत्रकारजन्य संघसंगठनहरुले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
