दमक मालपोतमा पत्रकारमाथि जाइलाग्ने माथि छानविन हुने

मालपोत कार्यालय दमकले २ दिन अघि मालपोतमा भएको घटनाप्रति दुख प्रकट गर्दै यसको निष्पक्ष छानविन गरेर दोषी उपर कार्वाही गर्न सम्बन्धित पक्षसंग आग्रह गरेको छ । मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
सेवाग्राही तथा पत्रकारहरुप्रति भएको घटना दुखद भएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति मालपोत कार्यालयले माफी पनि मागेको छ । हामिले यस बिषयलाई गम्भिर रुपमा लिएका छौ, बिज्ञप्तिमा भनिएको छ ।
मालपोत कार्यालय दमकका कर्मचारीलाई सेवाग्राहीले १० हजार घुस दिएको भिडियो खिच्न जाँदा पत्रकार खगेन्द्र घिमिरेमाथि हातपात तथा दूब्र्यवहार भएको बताईएको छ । यस बिषयमा मुछिएको कर्मचारी ईन्द्र राजवंशीलाई मालपोत कार्यालयले २४ घण्टे स्पस्टिकरण पनि सोधेको मालपोत श्रोतको भनाई छ ।
यता ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी परेपछि राजवंशीलाई प्रहरीले पनि सोधपुछका लागि हाजिर हुन आग्रह गरेको र आग्रह वेवास्था गरे पक्राउ गर्न तयारी रहेको श्रोतको भनाई छ । पत्रकार महासंघ झापा लगायतका पत्रकारजन्य संघसंगठनहरुले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...