सरकारको निर्देशनलाई चुनौती दिँदै राप्रपाले झापामा शक्ति प्रदर्शन गर्ने
काँकरभिट्टा । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ ।
सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्यालीको आयोजना गर्दैछ ।
र्यालीमा एक हजार मोटरसाइकल र ५ सयवटा साना सवारी रहने बिहीबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्तिप्रसाद सिटौलाले संवैधानिक राजसंस्था स्थापना गर्न शक्ति प्रदर्शन गर्न लागिएको बताए ।
उनका अनुसार र्यालीमा १० हजारभन्दा बढी जनताको सहभागिता रहनेछ । प्रशासनले रोक लगाएपनि र्यालीमा शान्तिपूर्ण रुपले सम्पन्न गर्न लागिएको उनले बताए ।
पत्रकार सम्मेलनमा मोटरसाइकल र्यालीका संयोजक ध्रुव उप्रेतीले सामाजिक दूरी कायम गरेर कार्यक्रम सम्पन्न गरिने बताए । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाल, मेचीनगर अध्यक्ष सुशील आचार्य, सचिव चन्द्र निरौला, पार्टीका अग्रज हरि गौतमलगायतको उपस्थिति थियो ।
पछिल्लो समय राप्रपाले देशभरी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनमा स्वतस्पूर्त रुपमा मानिसहरुको सहभागिता देख्न सकिन्छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
