सरकारको निर्देशनलाई चुनौती दिँदै राप्रपाले झापामा शक्ति प्रदर्शन गर्ने

काँकरभिट्टा । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ ।
सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा मोटरसाइकल र्याली गरेर सरकारलाई जनदवाब दिन लागेको हो । राप्रपाले आउँदो शनिबार पूर्वी सीमाना काँकरभिट्टादेखि विर्तामोडसम्म र्यालीको आयोजना गर्दैछ ।
र्यालीमा एक हजार मोटरसाइकल र ५ सयवटा साना सवारी रहने बिहीबार काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्तिप्रसाद सिटौलाले संवैधानिक राजसंस्था स्थापना गर्न शक्ति प्रदर्शन गर्न लागिएको बताए ।
उनका अनुसार र्यालीमा १० हजारभन्दा बढी जनताको सहभागिता रहनेछ । प्रशासनले रोक लगाएपनि र्यालीमा शान्तिपूर्ण रुपले सम्पन्न गर्न लागिएको उनले बताए ।
पत्रकार सम्मेलनमा मोटरसाइकल र्यालीका संयोजक ध्रुव उप्रेतीले सामाजिक दूरी कायम गरेर कार्यक्रम सम्पन्न गरिने बताए । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष रमेश दाहाल, मेचीनगर अध्यक्ष सुशील आचार्य, सचिव चन्द्र निरौला, पार्टीका अग्रज हरि गौतमलगायतको उपस्थिति थियो ।
पछिल्लो समय राप्रपाले देशभरी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनमा स्वतस्पूर्त रुपमा मानिसहरुको सहभागिता देख्न सकिन्छ ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...