‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’ : उपमेयर मीना उप्रेती

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी एक समूहले आज जलाउने प्रयास गरेका छन् ।
जलाउने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् ।
गाडी जलाउन खोज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको उनले जानकारी दिइन् ।
चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको हो ।
पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।
‘मलाई गाडीभित्र जिउँदै जलाउने प्रयास भयो, धन्न बाँचे’, उनले भनिन् । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...