सुरक्षित दशैंको शुभकामना

विश्वव्यापी महामारी कोरोनाको कहरबीच यसपालीको दशैँ हाम्रो घर आँगनमा भित्रिएको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र आफन्तहरुबीच मिलनको अवसर प्रदान गर्छ । तर, कोरोना महामारीले गर्दा परिवार बाहेक बसेर मनाउन सक्ने अवस्था छैन ।
ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मङ्गल कामना गर्ने प्रचलन दशैँको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले यसपाली हामीले पर्व मनाउनु पर्छ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार हाम्रा पर्वहरुलाई मनाउन सकियो भने मात्रै सुरक्षित हुन सक्छौं ।
कोरोनाले गर्दा नेपालीहरुको मुख्य चाडहरु प्रभावित हुने देखिन्छ । यसपालीको दशैं, तिहार र छठ पर्वमा खासै रौनक नहुने अवस्था छ । कोरोना संक्रमतिहरु बढिरहेका छन् । यसले गर्दा आम नेपाली समुदाय त्रसित भएका छन् । यस्तो विषम परिस्थितिमा नेपालीहरु कसरी खुशी साट्न सक्लान् र ! हुन पनि चाडपर्वहरु हरेक वर्ष आउँछ, जान्छ । त्यसैले यसपालीको पर्वलाई उत्सवका रुपमा मनाउने स्थितिमा नेपालीहरु देखिदैनन् ।
यसपालीको दशैं सुरक्षित तरिकाले मनाउनुको विकल्प छैन । कामना छ, हाम्रो घर आँगनमा भित्रिएको वडादशैंले कोरोना महामारीलाई परास्त गरोस् । आम नेपाली दाजुभाई तथा दिदीबहिनीको सु—स्वास्थ्य एवं दीर्घायुको कामना गर्दछौं ।

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...