मंसिरदेखि एनएमसीका सवै सदस्यलाई एटिएम कार्ड
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले वित्तीय कारोबार गर्न सहजताका लागि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
सहकारी संस्थाले निक्षेप कारोबारका लागि पूर्वी नेपालमा पहिलो पटक एटिएम सेवा भित्राउन लागेको हो । यसअघि मोफसलमा पहिलोपटक नवलपरासीको विकु सहकारीले आफ्ना बचतकर्ता सदस्यलाई एटिएम सेवा उपलब्ध गराएको थियो ।
एनएमसीका सदस्यहरुले २०७७ को मंसिर महिनाभित्रै एटिएम सेवा पाउने गरी द्रुत गतिमा काम भइरहेको बैंकिङ व्यवसाय समितिका प्रशासनिक प्रमुख मनिष कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार चालू आर्थिक वर्षमा १० वटा एटिएम सञ्चालन गर्ने संस्थाको योजना अनुसार ५ वटाको टर्मिनल निर्माण भइसकेको छ । संस्थाको आफ्नै भवन रहेका स्थानहरुमा पहिलोपटक एटिएम टर्मिनल निर्माण भइरहेको हो ।

काँकरभिट्टा, चन्द्रगढी, शनिश्चरे र दमकमा एटिएम टर्मिनल निर्माण सम्पन्न गरी रंग रोगन तथा मेसिन सेटअप भइरहेका छन् भने चारआलीमा कर्मचारीस्तरमा एटिएम कार्ड वितरण गरी परीक्षण सुरु गरिएको प्रशासनिक प्रमुख कोइरालाले बताएका छन् ।
यसैगरी बिर्तामोडमा सञ्चालन गर्न लागिएको सहकारी पसल रहने भवनमा एटिएम टर्मिनल निर्माण गरिनेछ भने यसै आर्थिक वर्षमा अन्य ५ स्थानमा सेवा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको छ ।
यसैबीच, कोरोनाको कहरले डामाडोल बनेका वित्तीय व्यवसायमा सुधारको संकेत देखिएको प्रशासनिक प्रमुख कोइरालाले जनाएको छन् । एनएमसीमा ९२ हजार जना शेयर सदस्यले वित्तीय कारोबार गर्दा तिहार विदाको अघिल्लो दिन कर्जा लगानी र निक्षेप बराबरको अवस्थामा रहेको हो ।
संस्थामा तरलताको स्थिति मजवुत रहेकाले कर्जा माग्न आउने जो कोही सदस्यले पनि रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको कोइरालाको भनाई छ ।
साझामञ्चबाट
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

