आहा क्या राम्रो : श्री अन्तुको फेरिएको नयाँ रुप (फोटो फिचर)
इलाममा चिया बगान मात्रै छैनन्, यहाँ अन्य थुप्रै अन्य ठाउँ पनि छन् । जसमा सूर्योदय दृश्यावलोकनका लागि देशकै उत्कृष्ट ठाउँ बनेको छ, श्री अन्तु । अन्तुडाँडा देशकै एक पर्यटकीय गन्तव्य पनि हो ।
श्री अन्तु नामले यसलाई चिनिए पनि साविक समालबुंग गाविस र हाल सूर्योदय नगरपालिका–४ र ५ मा पर्दछ । सूर्योदय देखिने डाँडा ५ नम्बर वडामा छ भने त्यस नजिकै रहेको पोखरी ४ नम्बर वडामा पर्दछ ।
अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यावसायिक एवं नेपाल–भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ । २०४३ मा यसलाई ‘दीपेन्द्र शिखर’ भनी नामकरण गरिए भए पनि पुरानै नाम श्री अन्तु वा अन्तुडाँडा नामबाटै यो प्रसिद्ध छ ।
फिक्कल बजारबाट १३ किलोमिटरमा टाढा छ । जिल्लाको एक पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटक अवलोकन
गर्न पुग्छन् । स–साना चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपीसल्लाका रुख र श्री अन्तुको मुख्य विशेषता हुन् । पछिल्लो समयमा अन्तु डाँडालाई थप आकर्षक वनाइएको छ ।
हेनुहोस तस्वीर :





काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
