आहा क्या राम्रो : श्री अन्तुको फेरिएको नयाँ रुप (फोटो फिचर)
इलाममा चिया बगान मात्रै छैनन्, यहाँ अन्य थुप्रै अन्य ठाउँ पनि छन् । जसमा सूर्योदय दृश्यावलोकनका लागि देशकै उत्कृष्ट ठाउँ बनेको छ, श्री अन्तु । अन्तुडाँडा देशकै एक पर्यटकीय गन्तव्य पनि हो ।
श्री अन्तु नामले यसलाई चिनिए पनि साविक समालबुंग गाविस र हाल सूर्योदय नगरपालिका–४ र ५ मा पर्दछ । सूर्योदय देखिने डाँडा ५ नम्बर वडामा छ भने त्यस नजिकै रहेको पोखरी ४ नम्बर वडामा पर्दछ ।
अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलामको व्यावसायिक एवं नेपाल–भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ । २०४३ मा यसलाई ‘दीपेन्द्र शिखर’ भनी नामकरण गरिए भए पनि पुरानै नाम श्री अन्तु वा अन्तुडाँडा नामबाटै यो प्रसिद्ध छ ।
फिक्कल बजारबाट १३ किलोमिटरमा टाढा छ । जिल्लाको एक पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटक अवलोकन
गर्न पुग्छन् । स–साना चिटिक्क परेका चिया बगान, चिया बगानभित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपीसल्लाका रुख र श्री अन्तुको मुख्य विशेषता हुन् । पछिल्लो समयमा अन्तु डाँडालाई थप आकर्षक वनाइएको छ ।
हेनुहोस तस्वीर :
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...