मेचीनगर : विद्यालयको पठन पाठन सूचारु हुने
मेचीनगर । गर्मीको कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ ।
अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौषममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । उनले सामाजिक सञ्जाल मार्फत एक सुचना जारी गर्दै आज नगरका सबै सामुदायिक र निजि विद्यालयको पठन पाठन सूचारु हुने बताए ।
इटाभटा । झापाको मेचीनगर-८ स्थित ञइट्टभटा एफसि क्लबझले...
काँकरभिट्टा । इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको सहयोगार्थ...
मेचीनगर। झापाको मेचीनगरमा किरात याक्थुङ चुम्लुङको ३६ औं...