मेचीनगर नगरपालिका : सामाजिक सुरक्षा भत्ता वितरण चाडैं हुने
मेचीनगर । मेचीनगर–२ का जेष्ठ नागरिकले आफुहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता पाउन ढिलाइ भएको भन्दै नगरपालिकाको कार्यालय पुगेका छन् । बुधबार मेचीनगर–२ का वडाध्यक्ष दिपक बरालसहित जेष्ठ नागरिकको टोली नगरपालिका पुगेको हो ।
राज्यले दिदैं आएको सामाजिक सुरक्षा भत्ता समयमा पाउनुपर्ने माग सहित एक बस नगरपालिका पुगेको जेष्ठ नागरिकको टोलिले माघदेखिको भत्ता पाउन नसकेको भन्दै जनप्रतिनिधि र आर्थिक प्रशासनलाई प्रश्न गरेका छन् । नगरपालिकाले सहजरूपमा समयमा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको माग थियो ।

यता नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सामाजिक सुरक्षा भत्ता वितरणमा विगतमा कर्मचारीको केही प्राविधिक त्रुटिका कारण अहिले ढिलाइ भएको बताइन् । उनले अब प्राविधिक समस्या समाधान भइरहेको बताउदैं दुई तीन दिनमा नै सबैले पाउने गरी कार्य अगाडि बढाइसकेको जानकारी दिइन् ।
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...


