नगरपालिकाद्वारा मेचीनगर सञ्चार प्रतिष्ठानलाई सम्मान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठानका नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । हिजाे नगर प्रमुखको सभा कक्षमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य हृदय राजवंशी र चित्र धिमालले सञ्चार प्रतिष्ठानको नयाँ कार्यसमितिलाई सम्मान गरेका हुन् ।
सम्मान गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार प्रतिष्ठानले सबैलाई समेटेर रचनात्मक कार्य गर्न सुझाए । उनले समितिले आफ्नो कार्यसम्पादन कुशलतापूर्वक र सन्तुलित ढंगबाट गर्न सुझाव दिएका छन् ।
मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाई, सचिव प्रकाश पौडेल, सदस्यहरू अर्जुन कार्की, झुलन रेग्मी, किशोर उपरकोटी, सुष्मा राजवंशी, हेमन्त निरौला र गगन ढकाललाई सम्मान गरेको हो ।
कार्यसमिति सदस्य भूमिका सुब्बा भने बिशेष कामले काठमाडौं रहेकाले उपस्थित हुन नसकोको जानकारी दिएकी छिन् ।
यो प्रतिष्ठान कोशी प्रदेशकै पहिलो पालिका स्तरीय सञ्चार प्रतिष्ठान भएकाले यसको विशेष गौरव रहेको अध्यक्ष शिशिर चौलागाईंले बताएका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...