नगरपालिकाद्वारा मेचीनगर सञ्चार प्रतिष्ठानलाई सम्मान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठानका नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । हिजाे नगर प्रमुखको सभा कक्षमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य हृदय राजवंशी र चित्र धिमालले सञ्चार प्रतिष्ठानको नयाँ कार्यसमितिलाई सम्मान गरेका हुन् ।
सम्मान गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार प्रतिष्ठानले सबैलाई समेटेर रचनात्मक कार्य गर्न सुझाए । उनले समितिले आफ्नो कार्यसम्पादन कुशलतापूर्वक र सन्तुलित ढंगबाट गर्न सुझाव दिएका छन् ।
मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाई, सचिव प्रकाश पौडेल, सदस्यहरू अर्जुन कार्की, झुलन रेग्मी, किशोर उपरकोटी, सुष्मा राजवंशी, हेमन्त निरौला र गगन ढकाललाई सम्मान गरेको हो ।
कार्यसमिति सदस्य भूमिका सुब्बा भने बिशेष कामले काठमाडौं रहेकाले उपस्थित हुन नसकोको जानकारी दिएकी छिन् ।
यो प्रतिष्ठान कोशी प्रदेशकै पहिलो पालिका स्तरीय सञ्चार प्रतिष्ठान भएकाले यसको विशेष गौरव रहेको अध्यक्ष शिशिर चौलागाईंले बताएका छन् ।
धुलावारी । हिमालयन अंग्रेजी माध्यमिक विद्यालय क मेचीनगर–...
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी...
मेचीनगर । मेचीनगर–७, इटाभट्टामा पहिलो पटक फर्निचर महोत्सव...
काँकरभिट्टा । झापाको काँकरभिट्टामा आजबाट ‘झापा नेशनल होलिडे...
इलाम । इलाम-२ मा आगामी बैशाख १५ गते...
धुलाबारी। भानु बहुमुखी सहकारी संस्थाले आज व्यापक सहभागिताका...