मेचीनगर : हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान तिब्र
मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो ।

मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन गरेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।
मेचीनगरमा हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारबढीलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनको भनाई छ ।
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


