नवज्योति फुटबल प्रतियोगिता : दार्जिलिङ विजयी

मेचीनगर । मेचीनगर-३ स्थित बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।
झापाको बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दार्जिलिङ विजयी भएको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो ।
आज भएको खेलको म्यान अफ द म्याच विजेता टिम दार्जिलिङका राजीव सिंगा भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।
मेचीनगर ३ स्थित नवज्योति आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...