मेयर उपमेयरले गरे डीएसपीको स्वागत र विदाई
मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ ।
नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक बर्ष अघिदेखि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिई बिदाई गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हाल्न मेचीनगर आएका डिएसपी दिपक भारतीलाई स्वागत गरेको छ ।
स्वागत तथा बिदाई कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर-७ का वडाध्यक्ष प्रल्हाद मणि ओली, मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, कार्यपालिका सदस्यद्वय हृदय राजवंशी र चित्र धिमाललगायतको उपस्थिति रहेको थियो ।
आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर : पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
गृहलक्ष्मी सहकारीको साधारण सभा : अध्यक्षमा पुन : श्रेष्ठ
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
