मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने
मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ ।
लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको हो ।
प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने भएको हो ।
सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उहाँहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताउनुभयो । पुरस्कार छनोट समितिका पाँच जना सदस्यहरुले तीन जना प्रतिभाहरुको छनोट गरेको प्रतिष्ठानका अध्यक्ष बानियाँले जानकारी गराए ।
सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।
पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...