मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न
काँकडभिट्टा । झापाको मेचीनगरमा भेट्रान रोड रेस सम्पन्न भएको छ । समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको अवसरमा भेट्रान रोड रेस सम्पन्न भएको हो ।
काँकडभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको रोड रेसमा ४७ जनाले सहभागिता जनाएका थिए । मेचीनगर–७ स्थित सत्तिघट्टाबाट शुरू गरेको दौड काँकडभिट्टा खेलमैदानमा समापन भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एव् प्रमुख सचेतक माननीय गोपाल तामाङले रिवन काटेर शुरू गरेका थिए ।
सहभागीहरू मध्ये रामेछापका होमलाल श्रेष्ठ प्रथम ३० हजार, दोस्रो काठमाडौंका धर्म महर्जनले २० हजार, तेस्रो रैवत बहादुर दाहालले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गरेका छन् । पुरस्कारसहित सम्पूर्ण व्यवस्थापन सजित र विमलाले गरेको भेट्रान रोड रेसका संयोजक राजु पौडलले बताए ।
रोड रेश प्रतियोगितामा ४० वर्ष भन्दा माथीका सहभागी थिए । बिजेताहरूलाई प्रदेश सांसद गोपाल तामाङले नगद मडल र प्रमाण पत्र प्रदान गरेका थिए । सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको तामाङ परिवारले बिगत कोरोना कालसंगै बिपन्न परिवारको स्वास्थ तथा अन्य समस्यामा समेत निरन्तर योगदान पुर्याउदै आएको छ । रोड रेस करिव ४ किल्लो मिटर तय गरिएको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
