जेएनएसका विद्यार्थीले भने–‘सूर्यमापनि दाग हुँदो रहेछ’

मेचीनगर । झापा नेशनल स्कुल मेचीनगर ७ का विद्यार्थीले सूर्यमा कालो धब्बा देखेपछि अचम्मित भए । चन्द्रमामा मात्रै कालो धब्बा हुन्छ भन्ने बुझेका उनीहरुले प्रत्यक्ष रुपमा सूर्यमा पनि कालो धब्बा देखेपछि अचम्मित भएका हुन् । कक्षा ९ मा पढ्ने हरि राजवंशीले भने चन्द्रमामा मात्रै दाग हुन्छ भन्ने सुनेको थिए, तर सूर्यमा पनि दाग हुँदो रहेछ ।
झापा नेशनल स्कुलले आज खगोलिय उपकरण अध्ययन तथा अवलोकन कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रम मार्फत विद्यार्थीहरुले सूर्य, चन्द्रमा र ताराहरुलाई टेलिस्कोप मार्फत प्रत्यक्ष रुपमा हेर्ने मौका पाएका थिए । सुर्योदय एस्ट्रोनोमि कल्ब इलामको प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको थियो ।
आज दिउँसो टेलिस्कोप मार्फत सूर्यलाई प्रत्यक्ष अवलोकन गर्दा ५ वटा कालो दाग देखिएको थियो । क्लबका संयोजक सुअम प्रधानका अनुसार सूर्यमा अहिले सम्म ११ वटा कालो धब्बा देखिएको बताए जुन श्री अन्तुबाट खिचिएको थियो । क्लबका अनुसार भुगोल, समयका कारणसूर्यमा फरक फरक सख्यामा कालो धब्बा देखिन्छ ।
कोसी प्रदेश सरकारको खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्र्तगत सुर्योदय एस्ट्रोनोमी क्लबले यो अभियान सञ्चालन गरिरहेको छ । झापा जिल्लामा पहिलो पटक यस स्कुलमा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणि ओलीले गरेका थिए ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...