छैटौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : तेस्रो दिनको खेल सम्पन्न
काँकरभिट्टा । काँकरभिट्टामा जारी छैटौं राष्ट्रिय एमेच्यूर बुद्धिचाल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सम्पन्न भएको छ । २००० भन्दा कम १७०० सम्म रेटिङ ए तथा १७०० भन्दा कम रेटिङ बि गरी दुई विधामा शुक्रबारदेखि प्रतिष्पर्धा भइरहेको छ । उक्त प्रतियोगिताको आज तेस्रो दिनको खेल सम्पन्न भएको हो ।
आज सम्पन्न खेलमा ए तर्फका पाँच तथा बि तर्फका सात खेल भएको आयोजक नाइट चेस क्लब मेचीनगरका प्रथम उपाध्यक्ष राजु पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपाल भरीबाट १० बर्षदेखि ७४ बर्षसम्मका सिनियर तथा जुनियर गरि करिब एक सय खेलाडीको सहभागीता रहेको छ ।
नेपाल राष्ट्रिय बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा भदौं १० गतेसम्म सञ्चालित प्रतियोगिताको विजेता दुई जना खेलाडीले २०२४ डिसेम्बर १३ देखि २२ तारिखसम्म दुवईमा हुने एशियन एमेच्यूर बुद्धिचाल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
प्रतियोगितामा ए र बि दुई विधाका विजेताले समान नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी क्रमश दोस्रो र तेस्रो हुने दुवै विधाका खेलाडीले नगद २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिता चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीले क्रमश नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौं नवौं र दसौं हुने खेलाडीले समान ५र५ हजार प्राप्त गर्ने नाइट चेस क्लबका अध्यक्ष विश्वविजेता घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेको छ । त्यस्तै प्रमुख प्रायोजकमा पशुपति बोर्डिङ स्कुल रहेको छ । भदौ ७ गते मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेको प्रतियोगिताको समापन भोलि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गर्ने आयोजकले जनाएको छ ।
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...


