मेचीनगरकाे बजेट २ अर्ब ५ कराेड बढी
मेचीनगर । मेचीनगरको प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१र८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको हो ।
आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट उपमेयर मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपमेयर उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् ।

बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट आउने बताइएको छ । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...

