अतालिदै उसैलाई माया गर्छु म ।


कसैले कोरी दिएको विश्वासको सिमाना मिचेर, कसैलाई माया गर्छु म ।
रन्किएका निर्मम अगुल्टा भित्र हात छिराई, औया ११ पोल्यो भन्छु म ।
यो कस्तो असन्तुष्टीको टुसा पलायो मेरो निस्सार जिवनमा रु
बन्धनले समाई राखेको मलाई एकातिर, अर्कालाई माया गर्छु म ।

हाम्रो मायाले निम्ताउने भविष्य, मेरै प्रतिबिम्ब बनी मलाई ‌गिज्याउन खोज्दछ ।
मेरो हार सुनिश्चित छ, यति कल्पना गरि सक्दा नसक्दा, खरानी हुन्छु म ।
भोलिका असिमित समस्यालाई जानि जानि किचेर, वर्तमान संग ढोङ्ग गर्दै
आफ्नो घ्णिाको पात्र आफै बनि, निसास्सिदै,आर्कालाईलाई माया गर्छु म ।

अस्थिरताले भरिएको मन लाई ह्रदयमा च्यापि, जब उ संग कुरा गर्दछु ।
लाग्छ यो संसार सबै मेरो, उसै सँग जिवन बिताइदिन्छु म
समयको भुमरिमा बाङ्गिएका यि मेरा मायाका रेखाको मोल नै के छ र रु
डरलाई आफ्नो कोमल विश्वासले सुमसुम्याई, तर्सिदै उसैलाई माया गर्छु म ।

मेरो मुटु भित्र उस्ले व्यथै गाडेको फूलको हाँगो, आब सर्न लागेछ
प्रत्येक पटक त्यसलाई उखेलेर कतै मिल्काउने बिचारले मात्रै, दुःखी हुन्छु म ।
समस्या संग अपरिचित मेरो बालखे नानीले मलाई बरेन्डा बाट टुलुटुलु हेर्दा
उस्लाई जन्माउन सहयोग गर्ने मान्छे सम्झि, उसैको आँखा छलि रून्छु म ।

आफ्नो कठोर अवस्था आफू सँग लुकाई, जब उस्को हसिलो आवज सुन्छु
लाजको दियो निभ्दछ, अनि कसैले कोट्याएर छोडेको अस्मिता उसैलाई सुम्पिदिन्छु म ।
यो कस्तो जन्जाल भित्र आफूलाई घिर्सादै, हिडिरहेकी छु म
मन रुन्छ कसैको सम्झनामा एकातिर, फेरी अतालिदै उसैलाई माया गर्छु म ।