हिमालयन इङलिस हाइ स्कुलको दौड प्रतियोगिता 


मेचीनगर  । हिमालयन इङलिस हाइ स्कुल मेचीनगर–९ ले विभिन्न तीन विधामा दौड कार्यक्रम सम्पन्न गरेको छ । शनिवार धुलाबारी मोडदेखि सुरु भई विद्यालयसम्म दौड प्रतियोगिता  सम्पन्न गरेको हो ।

दौडअन्तर्गत जुनियर छात्रतर्फ सरगम तामाङ प्रथम भए । त्यस्तै, आर्यन शाह दोस्रो र रोबिन लिम्बू तेस्रो भए । जुनियर छात्रातर्फ प्राश्ना थापा प्रथम, कृपा पाण्डे दोस्रो र प्रतिष्ठा राई तेस्रो भए । जुनियरतर्फको दौड १५०० मिटर दूरीको रहेको थियो । जुनियरमा कक्षा-३ देखि कक्षा-६ सम्मका विद्यार्थी रहेका थिए ।

त्यस्तै, सिनियर छात्रतर्फ साहिल काम्बाङ प्रथम, साहिल तामाङ दोस्रो र सबिन पोखरेल तेस्रो भए । सिनियर छात्रतर्फको दौड २८०० मिटर दूरीको रहेको थियो । सिनियर छात्रातर्फ प्रेक्षा खनाल, रोबिना लिम्बू दोस्रो र सुहाना शेर्पा तेस्रो भए । छात्रातर्फको दौड २००० मिटर दूरीको रहेको थियो । सिनियरतर्फ कक्षा-७ देखि कक्षा-१० सम्मका विद्यार्थी सहभागी थिए ।

त्यस्तै, भूतपूर्व विद्यार्थीतर्फ युवराज डाँगी प्रथम, आतिस लिम्बू दोस्रो र आयुष मगर तेस्रो भए । विजेता विद्यार्थीहरुलाई विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निर्देशक धनराज थापा, विद्यालय प्रशासक रिना थापा, व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थपलिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

शिक्षिका रिना पाण्डेले सञ्चालन गरेको कार्यक्रममा धुलाबारी जेसिजका महासचिव शिशिर पोखरेल, मेचीनगर लेडी जेसिजकी शुभद्रा नेपाल, मेची उद्योग वाणिज्य संघका सदस्य विष्णु बुढाथोकीको आतिथ्यता रहेको थियो ।