यती ब्रुअरी र झापा गोल्ड कपबीच मुख्य प्रायोजनको सम्झौता
बिर्तामोड । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ ।
झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर विदुर तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि उक्त सम्झौतापत्र आदान–प्रदान गरिएको थियो ।
गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गरेको कार्यक्रममा यति ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपाध्यक्ष गौरव सुब्बालगायतको उपस्थिति रहेको थियो ।
झापा गोल्ड कप सबैको गौरव भएकाले सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताएका छन् । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य तथा सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ । मैदानको स्तरोन्नति सकिएको छ ।
छैटौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, तीन विभागीयसहित नेपालका ए डिभिजन क्लब र मोफसलका क्लबको सहभागिता रहनेछ ।
दिनमै खेलतालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
