झापालाई फुटबल हब बनाउन राजनीतिक दलहरु एकबद्ध
बिर्तामोड । झापाका राजनीतिक दलहरुले झापालाई फुटबल हब बनाउन आफूहरु एकबद्ध भएको बताएका छन् । झापा गोल्ड कपको छैटौँ संस्करणको तयारीका सन्दर्भमा सचिवालयमा आज आयोजित छलफलमा सहभागी दलका नेताहरुले फुटबल र खेलाडीको उन्नयन र श्रीबृद्धिका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।
छलफलमा नेकपा एमाले झापाका कार्यबहाक अध्यक्ष प्रेम गिरीले डोमालाल राजवंशी रंगशालाको दिगो व्यवस्थापनका लागि सर्वपक्षीय ढंगले अघि बढ्न आह्वान गरे । नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाईंले प्रतियोगिताको दिगोपना, सबैको सहभागिता र अपनत्वमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका संयोजक राजु आचार्यले गोल्ड कप राम्रो र हाम्रो बनाउँदै आगामी संस्करणहरु थप रचनात्म हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उमेश खरेलले झापा गोल्ड कप समग्र जिल्लाबासीकै गौरवको विषय भएको धारणा राखे । जनता समाजवादी पार्टीका अध्यक्ष दिपेन बाला राईले खेलकुद क्षेत्रका सबै पूर्वाधारहरुलाई व्यवस्थित बनाउनुपर्ने कुरामा जोड दिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मीले टिकट खरिद गरेर खेल हेर्ने परिपाटी सबैमा विकास हुनुपर्ने बताए ।
गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका बिर्तामोड नगर प्रमुखहरुले प्रतियोगितालाई थप व्यवस्थित बनाउन सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । छलफलमा एमाले झापा सचिव शिव ढुंगेल, माओवादी केन्द्रका सचिव मोहन टुडू, कांग्रेस बिर्तामोड सभापति भोजराज सिटौला, माओवादी केन्द्रका अध्यक्ष मोहन सुब्बा, रास्वपाका प्रतिनिधि अर्जुन उप्रेती, राप्रपाका प्रतिनिधि कुमार थापा, एकीकृत समाजवादीका अध्यक्ष श्री सिटौला, गोल्ड कपका सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले धारणा राखेका थिए ।
अन्तरक्रियामा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वगत गर्दै हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । अन्तरक्रियाको सहजीकरण गोल्ड कपका उपाध्यक्ष तथा एमाले नगर अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
