मेची कृषकको स्थापना दिवसको अबसरमा क्रिकेट प्रतियोगीता हुने
मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा टी–टेन क्रिकेट प्रतियोगिता हुने भएको छ । मेची कृषक बहुमुखी सहकारी संस्थाले स्थापना दिवसको अवसर पारी टी–टेन क्रिकेट प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
सहकारीको २४ औँ वार्षिकउत्सव तथा स्थापना दिवसको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यही पुस १५ गते देखि प्रतियोगिताको आयोजना गरिएको मेची कृषक बहुमुखी सहकारी संस्थाका सदस्य एवम् खेल संयोजक रुपसागर अधिकारीले जानकारी दिए । प्रतियोगिता मेची विद्योदय विद्यालय मेचीनगर–८ को खेल मैदानमा पुस १५ र १६ गते संञ्चालन गरिने संयोजक अधिकारीले बताए ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने छ । सहभागी हुने टिमहरुमा भद्रपुर स्टार, काँकरभिट्टा राइजिङ टिम, धुलाबारी क्रिकेट टिम, घैलाडुब्बा क्रिकेट टिम, इटाभट्टा युथ क्लब,ज्यामिरगढी युथ क्लब, मेचीनगर–८ क्रिकेट टिम र बाहुनडाँगी युथ क्लब रहेका छन् । प्रतियोगीतामा प्रथम हुने टिमले नगद बीस हजार र दोस्रो हुने टिमले नगद रु पन्ध्र हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
खेलाडी र टिमलाई हौसला दिनका लागि प्रवेश शुल्क निशुल्क गरिएको मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले बताएका छन् । उनले भने ‘सहभागी टिमबाट कुनै शुल्क लिइने छैन ।’ सहकारीले कृषि सगसगैँ खेलकुदको विकासलाइ थप टेवा पुर्याउन संस्थाले विभिन्न गतिविधि गर्दै आएको अध्यक्ष बुढाथोकीले बताए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...