प्रथम जोरसिमल कप : ब्रदर्श एफसी र सालबारी विजयी
मेचीनगर । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ ।
निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा ब्रदर्श विजेता बन्यो ।
खेलमा घोडाजीनको तर्फबाट पुजन मगरले १ गोल तथा ब्रदर्शको तर्फबाट सन्दिप रसाईलीले १ गोल गरेका थिए । खेलको मेन अफ दी म्याच ब्रदर्श एफसीका गोल किपर रोमन क्षेत्री घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा सालबारी एफसी विजयी भएको छ । चारआली एफसीलाई २(३ गोल अन्तरले पराजित गर्दै सालबारी विजयी भएको हो । अत्यन्तै रोमाञ्चक बनेको उक्त खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा चारआली प्रतियोगिता बाट बाहिरियो ।
पहिलो हापमा २-० ले अग्रता कायम गरेको चारआली दोस्रो हापमा कमजोर प्रदर्शनी गर्दै ३ गोल खायो । चारआलीको तर्फबाट मनकुमार लिम्बूले २ गोल गरेका थिए भने, सालबारीको तर्फबाट अर्जुन किस्कुले २ तथा बाबु धिमालले १ गोल गरे । खेलको मेन अफ दी म्याच अर्जुन किस्कु घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।
भोलिको पहिलो खेल ज्यामिरगडी एफसीका बिरूद्ध एनएफसी धुलाबारी तथा दोस्रो खेल तुर्केनी एफसीका बिरूद्ध देविगन्ज एफसी बिच हुने आयोजक समितिका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए । पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...