मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट : प्राविधिक शिक्षामा फड्को


मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छस मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय) । यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ ।

‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ वि।सं।२०७७ सालमा स्थापना भइ पठनपाठन सुरु गरेको यस शिक्षालयले मेचीनगरमा मात्रै नभइ देशभरिमै आफ्नो प्रगतिलाई उजागर गरिरहेको छ ।

सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि ९आइटी०को ३ वर्षे डिप्लोमा तहका विषयको अध्ययन हुँदै आएको छ । उक्त शिक्षालयमा तीनै विषयको अध्ययन हुन थालेपछि यस क्षेत्रका अभिभावकमात्रै होइन उक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुशी देखिएका छन् ।

मेचीनगर–१०, धुलाबारी चोकदेखि ढेड किलोमिटर दक्षिण सडकको नजिकै रहेको क्याम्पसको हाताभित्र रहेको शिक्षालयले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभइ यो ठाउँको चहलपहललाई पनि निकै रौनक बनाएको छ ।

कतैकतै फाट्टफुट्ट अस्थायी घरहरुमात्र देखिने यस ठाउँमा अहिले बाक्लै घरहरु बनेका छन् भने व्यापार व्यवसाय गरि आफ्नो जीवन निर्वाह गर्ने पनि बढ्न थालेको अनुभुत हुन्छ । प्रायः शिक्षालय वरिपरिका घरहरुमा भाडामा बस्ने विद्यार्थीहरुले गर्दा पछिल्लो समय सुनसान बन्दै गएको गाउँघर पनि यतिखेर रमाइलो र भरिभराउँ भएको त्यहाँका स्थानीयको भनाई छ ।

झापा, इलामदेखि जुम्ला जिल्लाका करिव २०० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यस शिक्षालयमा मास्टर लेवलका दक्ष जनशक्ति, शान्त वातावरण र उत्कृष्ट ल्यावहरु रहेका छन् ।

३ वर्षदेखि पढाई भएको यस शिक्षालयमा तीन वटै विषयका विद्यार्थीहरुले पाँचौँ सेमिस्टारको अध्ययन गरिरहेको इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले जानकारी दिए । छैठौँँ सेमिस्टारपछि विद्यार्थीहरु पासआउँट हुनेछन् । तेस्रो सेमिस्टारको परिक्षामा इन्स्टिच्युट कोशी प्रदेशकै उत्कृष्ट भएको मैनालीले बताए ।

उनले यदि कुनै पनि मानिसमा कुनै न कुनैको सीप भए उस्ले वेरोजगार बस्नु नपर्ने धारणा राखे । अहिलेको युग प्रविधिको युग भएकाले हरेक मानिसले प्रविधिलाई पछ्याउनु पर्ने उनको भनाई छ । शिक्षालयले विद्यार्थीहरुको लागि आवश्यक अत्याधुनिक प्रयोगशालाहरु, ई–वोर्ड, पुस्तकालयहरु रहेको छ ।

इन्स्टिच्युटका सदस्य एवम् धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलले विद्यार्थीहरुले आफूले चाहेको विषय पढन टाढा–टाढा धाउनुपर्ने बाध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई हुँदा यहाँका विद्यार्थीलाई धेरै राहत मिलेको बताए । धुलावारी क्याम्पसकै हाताभित्रको सात विगाह जग्गामा प्राविधिक शिक्षालय सञ्चालनमा छ ।

प्रिन्सिपल मैनालीले तीन वटै कार्यक्रममा ४८/४८/४८ जना विद्यार्थीको कोटा रहेको बताए । प्राविधिक शिक्षामा सरकारी विद्यालयबाट ९ र १० कक्षा पास गरे एसईईमा १ दशमलव ६ जीपीए ल्याउँदा डिप्लोमा तहसम्म अध्ययन गर्ने अवसर रहेको बताए ।

विद्यार्थीहरुले विई अध्ययन गर्न सक्ने छन् भने पाँचौँ तहको सरकारी जागिरका लागि लोकसेवाबाट भिड्न सक्नेछन् । शिक्षालयमा स्कलरसिपको पनि व्यवस्था गरिएको छ । जस्मा ३ दशमलव ८ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई सेमिस्टारमा फुल स्कलरसिप, ३ दशमलव ६ देखि ३ दशमलव ७९ जीपीए ल्याउनेलाई ५० प्रतिशत स्कलरसिप र ३ दशमलव २ देखि ३ दशमलव ५९ जीपीए ल्याउनेलाई ५० प्रतिशत छुट हुनेछ ।

जम्मा शुल्क १ लाख ९० हजार लाग्ने छ भने एडमिशन फि ४० हजार लाग्ने बताइएको छ । वडा कार्यालयबाट सिफारिस भएर आएका विद्यार्थीहरुलाई एडमिशनमा २० हजार छुट हुने मैनालीले बताए । । मेचीनगरका नागरिकलाई विभिन्न विषयमा तालिम लिन चाहनेलाई ६५ दिनको निःशुल्क व्यवस्था गरिएको छ । इन्स्टिच्युटले नगरका २५० जनालाई वयरिङ, पलम्बर, डकर्मी, सिकर्मी लगायत विभिन्न तालिम निःशुल्क प्रदान गरेको छ ।