शुक्रबारदेखि मेचीनगरकाे तुर्केनीमा भेट्रान फुटबल प्रतियोगिता हुने


प्रतियोगितामा मेचीनगरका चारसहित झापाका ८ वटा टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा आयोजक क्लब, काँकरभिट्टा भेट्रान क्लब, धुलाबारी, झिलझिलेकाे पाराबारी, चन्द्रगढी, भद्रपुर, बिर्तामोड  र झिलझिले भेट्रान क्लबकाे सहभागिता रहने जनाएकाे छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दाेस्राेलाई १५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष रामकुमार लिम्बुले जानकारी दिए ।

प्रथम पुरस्कारकाे राशि काँकरभिट्टा भेट्रान क्लबले र दाेस्राे पुरस्कार मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले प्रायाेजन गर्ने पत्रकार सम्मेलनमा बताइएकाे छ । प्रतियोगिता तुर्केनी खेल मैदानमा हुनेछ ।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेतकाे प्रमुुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन क्लबका काेषाध्यक्ष विरवल लिम्बूले र खेल तालिकाका बारेमा खेल संयाेजक राजु गुरूङले जानकारी दिए ।