हातेमालो वनमा चुनाव : भोजराजको नेतृत्वमा प्रगतिशील समूह

चारआली । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हातेमालो सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–१३÷१४ को यही चैत ११ गते शनिबार निर्वाचन हुदैछ ।
नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।
वन समूहको १३ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एमाले निकट उपभोक्ता प्रगतिशील समूह र काँग्रेस लोकतान्त्रिक प्रगतिशील समूह चुनावमा होमिएको छ । एमालेबाट भेजराज पराजुलीं अध्यक्ष पदमा उठेका छन् भने काँग्रेस समूहबाट चन्द्र प्रसाद सिग्देललाई अध्यक्ष पदमा अगाडि सारिएको छ ।
बुधबार मेचीनगर–१३ चारआलीमा मा एमाले निकट प्रगतिशील समूहले पत्रकार सम्मेलन मार्फत उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहबाट उपाध्यक्ष पदमा यशोदा देवी सिग्देल, सचिव पदमा यामाकान्त प्याकुरेल, सह–सचिव पदमा सन्देश न्यौपाने, र कोषाध्यक्ष पदमा विना ढकालको उम्मेदवारी रहेको छ ।
यस्तै, सदस्य पदमा ताराप्रसाद तिवारी, शिवलाल खवास, सागर राजवंशी लिला देवी कार्की, सीता खड्का, सागर राजवंशी सीता रुचाल बद्धि प्रसाद भट्टाराईको उम्मेदवारी परेको छ ।
उपभोक्ताहरुको साथ वनको संरक्षण, सम्बद्र्धन र विकास गर्नै पहिलो प्राथमिकतामा राखे काम गर्ने लक्ष्यका साथ भेजराज पराजुलीको नेतृत्वमा रहेको प्रगतिशील समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेको छ । हातेमाले वन समूहले सञ्चालन गरेको निचाझोडा पर्यटकीय क्षेत्रको विकास र संरक्षणमा प्रतिवद्ध रहेको अध्यक्षमा उम्मेद्वार भेजराज पराजुलीले बताए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...