मेचीनगर : हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान तिब्र

मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बिहिबारदेखि सुरु गरेको हात्तीपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियानलाई तिब्रता दिएको छ । दश दिनसम्म सञ्चालन हुने हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियानलाई अहिले मेचीनगर स्वास्थ्य शाखाले तिब्रता दिएको हो ।
मेचीनगरको पन्द्रवटै वडामा एकैपटक सञ्चालन गरिएको हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान अन्तर्गत दुई दिनमा १५ हजार २९७ जनाले हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन गरेको मेचीनगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार अभियान सफल पार्न नगर क्षेत्रमा ७५ जना स्वास्थ्यकर्मी र ९२ जना स्वयंमसेवकहरुले दैनिक कार्य गरिरहेको जानकारी दिइन् ।
मेचीनगरमा हात्तीपाइले रोगबिरुद्ध औषधी सेवन अभियान सफल पार्न नगरका १ लाख २७ हजारबढीलाई औषधी सेवन गराउने लक्ष्य लिइएको उनको भनाई छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...