गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी
मेचीनगर । झापाको मेचीनगर-२ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शुक्रबार सम्पन्न विद्यालयको वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म त्यो देशले समृद्धि प्राप्न गर्न नसक्ने उनले बताए ।
शिक्षको क्षेत्रबाट मात्रै दक्ष र सक्षम नागरिक उत्पादन हुने भएका कारण समयसापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाई छ । तर, मेचीनगरमा विद्यालय जनताको मागको विषय बन्ने नगरेको बताउँदै उनले भने, आफू स्थानीय सरकारको रूपमा विगत ९ महिनादेखि मेचीनगरमा आएको र त्यो अवधिमा जनताहरू विद्यालय सुधार, स्तरोन्नति लगायत शैक्षिक विकासका बिषयमा थोरै मात्र आउने गरेको बताए ।
उनका अनुसार मेचीनगरमा विद्यालय भन्दा अधिकांश मानीसहरू कालोपत्र, ड्रेन, मन्दिर, सामुदायिक भवनलगायतको माग गर्न आउने गरेको बताए । तर, आफुले विद्यालय सुधारका निम्ति सरोकारवाला संग परामर्श गर्ने कार्य अघि बढीसकेको बताउँदै नगर प्रमुख बुढाथोकीले भने, नगरका जिर्ण रहेको सामुदायिक विद्यालयको छानो फेर्ने कार्य नगरले नै गर्ने छ भने, प्रविधिमैत्री शिक्षा अगाडि बढाउन आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन संघिय सरकार समक्ष पहल समेत गरिरहेको उनले बताए ।
कार्यक्रममा विभिन्न विधामा विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयले पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष घनश्याम दाहाल, निलकण्ठ तिवारी, युवराज कट्टेल, ओम चौहान, रिता ढकाललगायतलाई सम्मान गरेको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ बास्तोलाको सभापतित्वमा आयोजना भएको वार्षिकोत्सब कार्यक्रममा स्वागत प्रधानाध्यापक देवेन्द्र खनाल र सञ्चालन शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए ।
बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा...
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ...
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६...